Comments Add Comment

अमेरिकी राष्ट्रपति ट्रम्पको चिनियाँ बैंकमा खाता

Photo Credit : GETTY IMAGES

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो समयदेखि चिनियाँ बैंकमा खाता रहेको र उनले चीनमा केही वर्षदेखि आफ्ना व्यवसायहरु अघि बढाउँदै आएको न्युयोर्क टाइम्सले बताएको छ । यो खाता ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले चलाउँदै आएको छ । साथै सन् २०१३ र सन् २०१५ को बीचमा यो खाताबाट स्थानीय कर पनि बुझाइएको थियो ।

ट्रम्प अमेरिकी कम्पनीहरुको व्यापारको विरोधमा देखिँदै आएका छन् । जसका कारण अमेरिका र चीनबीच व्यापारयुद्ध पनि सुरु भएको थियो । न्युयोर्क टाइम्सले ट्रम्पले बुझाएको करको तथ्यांकको आधारमा चिनियाँ खाताको खुलासा गरेको हो । यसअघि न्युयोर्क टाइम्सले सन् २०१६ र २०१७ मा ट्रम्पले अमेरिकामा केवल ७५० डलर संघीय कर बुझाएको विवरण सार्वजनिक गरेको थियो । चिनियाँ बैंक खाताबाट भने ट्रम्पले एक लाख ८८ हजार ५६१ डलर स्थानीय कर बुझाएका छन् ।

ट्रम्पले आगामी नोभेम्बर ३ मा हुन गइरहेको निर्वाचनको प्रचारको क्रममा छन् । उनले विपक्षी उम्मेदवार जो बाइडनमाथि चीनप्रति लचिलो बनेको आरोप लगाउँदै आएका छन् ।

ट्रम्प कम्पनीका वकिल एलन गार्टनले स्थानीय करको प्रक्रिया हुने भएकाले चिनियाँ बैंकमा खाता खोलिएको बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको चीनका साथै आयरल्याण्ड र बेलायतमा पनि बैंक खाता छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment