Comments Add Comment

अमेरिकाको दृश्य नेपालमै खिच्ने तयारीमा ‘परदेशी २’ टिम

लकडाउनका कारण छायांकन रोकिएको चलचित्र ‘परदेशी २’को टिमले बाँकी छायांकन दशैंपछि खिच्ने तयारी गरेको छ । लकडाउनका कारण छायांकन हुँदाहुँदै काम रोकिएको थियो । तर, लकडाउनका कारण नै रोकिएका केही चलचित्रको छायांकन सुरु भैसकेको छ । नारायण रायमाझीको निर्देशनमा बनिरहेको यो चलचित्रले वैदेशिक रोजगारीको कथा भन्छ ।

चलचित्रका केही दृश्य अमेरिकामा पनि खिच्ने तयारी यसको निर्माणपक्षले गरेको थियो । चलचित्रका मुख्य नायक प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको साथमा अमेरिका पुग्ने तयारी यसको निर्माणपक्षले गरेको थियो । तर, कोरोना भाइरसका कारण अहिले विदेशमा गएर चलचित्र छायांकन गर्न सक्ने अवस्था छैन ।

यसैले, यो चलचित्रको निर्माणपक्षले नेपालमै अमेरिकाको दृश्य खिच्ने तयारी गरेको वुझिएको छ । अमेरिका खिच्नुपर्ने इनडोरका दृश्यमध्ये केही पोखरामा पनि खिचिएको छ । बाँकी दृश्यका लागि नेपालमै खिच्ने तयारी गरिएको छ ।

चलचित्रमा केकी अधिकारीको पनि मुख्य भुमिका छ । चलचित्र ‘ए मेरो हजुर ४’को टिमले पनि गीतको छायांकन यूरोपमा गर्ने तयारी गरेको थियो । तर, अब नेपालमी गीतको छायांकन गरिनेछ ।

अमेरिकाको दृश्यलाई नेपालमै खिचेर यसको निर्माणपक्षले कस्तो देखाउने हो, त्यो त चलचित्र रिलिजपछि थाहा हुनेछ । तर, नेपाली चलचित्रका मेकरहरुले काम सक्ने हतारो गरेको भने पक्का हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment