+
+

सुपरहिरो फिल्ममा कट्रिनाको एक्सन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते ८:४८

बलिउड नायिका कट्रिना कैफ एक सुपरहिरो चलचित्रमा भरपुर एक्सन गर्ने तयारीमा छिन् । निर्देशक अली अब्बास जफरको साथमा उनले तेश्रो पटक काम गर्न लागेकी हुन् । अलीले निर्देशन गरेको ‘टाइगर जिन्दा हे र भारत’मा उनले काम गरिसकेकी छिन् ।

यो चलचित्रमा सुपरवुमन बन्ने तयारीमा रहेकी कट्रिनाले ट्रेनिङ पनि लिइरहेकी छिन् । उनी, पहिलो पटक चलचित्रमा सुपरवुमन भूमिकामा देखिदैछिन् ।

यो चलचित्रको छायांकन ४ विभिन्न देशमा गर्ने तयारी निर्माताको छ । यसका लागि लोकेशन छनोटको काम भैरहेको छ । चलचित्रको छायांकन दुबई र अबुधाबीमा गर्ने पक्का भएको अलीले भारतीय मिडियासँगको कुराकानीमा बताएका छन् । हिन्दी चलचित्रमै पहिलो पटक सुपरवुमनको कथामा बन्न लागेको यो चलचित्रलाई भारतको हिमाञ्चल प्रदेश, उतराखण्ड र दिल्लीमा पनि गरिनेछ ।

चलचित्रमा नायिका कैफका स्टन्टका दृश्यहरु हेर्न पाइनेछ । उनले यसका लागि केही समयदेखि तालिम लिइरहेकी छिन् । यो चलचित्रको छायांकन अर्को वर्ष सुरु हुनेछ । नायिका कैफले चलचित्र ‘फोन भूत’को छायांकन सकेपछि यो चलचित्रलाई समय दिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?