+
+
Shares

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १६:२४
संस्थागत विद्यालयका शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनको फाइल तस्वीर ।

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा औंलामा गन्न सकिने विद्यालयले मात्रै शिक्षक–कर्मचारीलाई दसैं बोनस दिएको बताउँछन् ।

गत चैतमा लकडाउन सुरु हुनुभन्दा पहिलेकै तलबसमेत नपाएका शिक्षकहरूले दसैंमा बोनस र दुई महिनाको तलब मागेका थिए । तर सरोकारवालासँग संयुक्त छलफल गर्दा पनि चाडवाडका बेला तलब नपाएको अध्यक्ष थापा बताउँछन् ।

‘अनलाइन परीक्षा सञ्चालन गरेर प्रायः बोर्डिङ सञ्चालकले अभिभावकबाट शुल्क उठाइसकेका छन्’ अध्यक्ष थापा भन्छन्, ‘तर एकाध बोर्डिङ बाहेकले शिक्षक–कर्मचारीलाई निरास पारे ।’

चाडवाडपछि ‘गर कि मर’ आन्दोलन

इस्टुले शिक्षक–कर्मचारीहरूलाई चाडवाडसम्म धैर्यधारण गर्न आग्रह गरेको छ । तर त्यसपछि भने कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अध्यक्ष थापा र इस्टुका महासचिव भोलानाथ चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवाला कसैले पनि हाम्रो माग पूरा गर्ने तादरुकता देखाएनन् । चाडवाडलगत्तै ‘गर की मर’को आन्दोलन गर्छौ ।’

सरकारले निजी विद्यालयहरूलाई स्थानीय सरकारको स्वीकृतिमा शुल्क उठाउन अनुमति दिएपनि आफूहरूको मागको विषयमा केही नबोलेको अध्यक्ष थापाको भनाइ छ । उनी भन्छन्, ‘भोको पेट लिएर साथीहरू आन्दोलन गर्दै हुनुहुन्छ, तोडफोड र हिंसात्मक कार्यबाहेक जे सकिन्छ गर्नुस् भनेका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?