Comments Add Comment

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताए ।

पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर प्रधानमन्त्री आलोचित छन् ।

त्यस्तै सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार सशुल्क गर्ने सरकारको निर्णयको पनि आलोचना भइरहेको छ । प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment