Comments Add Comment

बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

७ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।

‘उहाँलाई सामान्य रुघाखोकीमात्र छ, अरु लक्षण देखिएको छैन’ दाहालले अनलाइनखबरसँग भने ‘केही समयअघि मुटुको अपरेसन गरेका कारण गंगालालमा पठाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment