+
+

ट्रम्पले भने -हेर्नुस् भारत, चीन र रसियाको हावा कति प्रदूषित छ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते १९:४७

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र रसियाको हावा प्रदुषित छ भनेपछि त्यसको तीब्र आलोचना भएको छ ।

यस सम्बन्धमा चिनियाँ विदेश मन्त्रालयमा प्रश्न सोध्ने पत्रकारलाई प्रवक्ताले हेर्नुस् आजको आकाश कति निलो छ भन्ने जवाफ दिएका थिए । ट्रम्पको अभिव्यक्तिको भारतमा समेत आलोचना भएको छ । सोसल मिडियामा यो विषयलाई उठाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरिएको छ ।

ट्रम्पले भनेका थिए,‘ चीनमा हेर्नुस् कति प्रदूषित छ, रसियामा हेर्नुस् र भारतमा हेर्नुस् । हावा एकदमै प्रदूषित छ । हामीलाई निष्पक्ष रुपमा व्यवहार नगरिएकाले मैले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएको हो ।’

तर भारतमा पछिल्लो दिनहरुमा वायु प्रदूषण बढ्दै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?