Comments Add Comment

दशैंको आभाष गराउने ‘मुग्लान’को गीत

नेपाली चलचित्रमा हिजोआज चाडपर्व लक्षित गीत खासै बन्दैन । गतबर्ष निर्माण भएको चलचित्र ‘रातो टिका निधारमा’ बोलको गीतले दशैंको टिका र जमराको महत्व प्रस्तुत गरेको थियो । तर, यो गीत चलचित्र ‘अल्लारे’मा समावेश गीतको रिमेक भर्सन हो ।

दशैं आएपछि नेपाली चलचित्रका पुराना गीतहरु फेरि एकपटक बज्न थाल्छन् । यसमा सबैभन्दा धेरै बज्ने गीत ‘दशैं आयो’ हो । चलचित्र ‘मुग्लान’मा समावेश यो गीतको लोकप्रियताको वरिपरी पनि आउने गरी अरु गीत तयार भएका छैनन् ।

उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाँइको स्वर रहेको यो गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द छ । पैसा कमाउने उद्देश्यले विदेश गएका यूवाहरुको दशैं आएपछि गाउने गीतको रुपमा यसलाई प्रस्तुत गरिएको छ । सामाजिक संजालमा फेरि एक गीतको चर्चा सुरु भएको छ ।

यो बाहेक ‘रातो टिका निधारमा टलक्क टल्कियो’, ‘रातो टिका दशैंको जमरा’ लगायतका गीतहरु पनि सुनिने गर्छन् । तर, शिव रेग्मी निर्देशित चलचित्र ‘मुग्लान’को गीतको लोकप्रियता आफैमा लोभलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment