+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्वास्थ्य मापदण्ड पालना गरेर दसैं मनाउन स्वास्थ्यमन्त्रीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ९ गते ११:३२

९ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् ।

यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको भन्दै उनले परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन अपिल गरेका हुन् ।

‘विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गर्ने गरेकै हौँ । यस पटक कोरोना महामारीका कारण यस विषयमा अझै बढी ध्यान दिनुपर्ने देखिएको छ,’ दसैंको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले भनेका छन्, ‘हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्यौं भने कोरोबाट बच्न सघाउ पुग्दछ । यसकारण म सम्पूर्णमा यसमा अलि बढी नै ध्यान दिन अनुरोध गर्दछु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध र सरकार सधैं आम नागरिकको साथमै रहेको उनले उल्लेख गर्दै मन्त्री ढकालले यो महामारी विरूद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी रहेकोमा जोड दिएका छन् ।

सबै तहका सरकार, राजनीतिक दलहरू, समूदाय, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री ढकालले यो एकताले महामारीविरुद्धको हाम्रो विजय सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?