Comments Add Comment

कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

फाइल तस्वीर

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष स्थगित गरेको छ ।

कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।

तर यस वर्ष कोरोना महामारीका कारण कात्तिक १४ गतेको चियापान कार्यक्रम नगरिने पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment