
१० कात्तिक, काठमाडौं । बडा दसैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ ।
घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत विहान १०ः १९ बजे भएपनि आफू अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् ।
सरकारले आग्रह अनुसार टीका लगाउने सर्वासधारणले मास्कको प्रयोग गरेको पाइएको छ । घरमा टीका लगाउँदा र मान्यजनको टीका लगाउन घरबाहिर जाँदा धेरैले मास्क प्रयोग गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4