
११ कात्तिक, काठमाडौं । भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ ।
सो सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको छ ।
टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । सोही वैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए । विश्लेषकहरुले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको विश्लेषण गरेका छन् ।
प्रतिक्रिया 4