Comments Add Comment

चिसो र धुलोबाट अनुहारलाई जोगाउन

क्रमस चिसो बढ्दैछ । चिसो बढेसँगै छालासम्बन्धी समस्या पनि बढ्ने गर्छ । खासगरी छाला रुखो हुने, ओंठ फुट्ने आदि । त्यही कारण चिसोको मौसममा छालाको सुरक्षाका लागि थप सर्तक हुन जरुरी हुन्छ ।

त्यसमाथि शहरी क्षेत्रमा गाडीको धूँवा, धुलो आदिले पनि छालालाई नराम्ररी असर गर्छ । धुलो–धूँवाको चाप अत्याधिक हुने भएकाले छालामा संक्रमण निम्त्याउन सक्छ । यस्तो अवस्थामा छालाको सफाई सँगसँगै त्यसलाई रसिलो र नरम राख्नुपर्ने हुन्छ ।

वायु प्रदुषणबाट छालालाई सुरक्षा गर्न तथा छालालाई नरम र मुलायम बनाउन लोसन तथा क्रिमको प्रयोग गरिन्छ । जबकी त्यतिले मात्र छाला सुरक्षित रहदैन ।

छालामा एक प्रकारको रक्षात्मक तत्व हुन्छ, जसले वायुमा लुकेको फ्याट एवं चिल्लोबाट छालालाई सुरक्षा प्रदान गर्छ । त्यसैले यी रक्षात्मक तन्त्रलाई बलियो बनाउनको लागि यस्ता उपाय अपनाउन सकिन्छ, जसले छालालाई रोगमुक्त राख्छ ।

– सुख्खा हावा तथा हावामा रहेको विषाक्तताका क।रण छाला चाडै सुख्खा हुने गर्छ । जसले गर्दा वायुमा रहेको विषक्तता शरीरमा सिधै प्रवेश गर्छ । राम्रो कम्पनीको क्लिन्जरको प्रयोगले छालामा भएको विषाक्तता हटाउछ र छालालाई सफा राख्छ ।

-प्रशस्त मात्रामा पानीको सेवनले छाला सुख्खा हुन पाउदैन । पानीले शरीरमा भएको विषाक्ततालाई सफा गरेर छालालाई स्वस्थय राख्न मद्दत गर्छ । पानीले पेटको कब्जियत हटाएर शरीर सुख्खा हुन दिदैन ।

– छालालाई सफा र स्वस्थ्य राख्न स्किन टोनरको भूमिका महत्वूर्ण रहने गर्दछ । यसले छालाको तेल  र धुलोलाई हटाएर छालालाई कुनै प्रकारको विषाक्तता रहन दिदैन ।

– यस्ता टोनर शरीरको जुनसुकै अंगमा पनि लगाउन सकिन्छ । दिनमा दुई पटकसम्म हल्का हातले टोनरलाइए छालामा स्क्रब गर्नाले छाला धुलो तथा तेलमुक्त रहन्छ ।

–   छालामा मोस्इचराईजरको सट्टा फेसियल तेलको प्रयोग  गर्नुपर्छ । यसले छालालाई हानीकारण तत्व प्रवेश गनबाट बचाउँछ ।

केहि काइदा

१. संभव भएसम्म घरबाहिर हिँड्दा मास्क लगाउने गरौं ।  यसैपनि अहिले मास्क लगाउनैपर्ने अवस्था छ । यसले छालालाई जोगाउँछ, साथसाथै धुलो–धूँवाबाट फोक्सोको पनि रक्षा गर्छ ।

२. अहिले स्कार्फ लगाउने प्रचलन छ । यो निकै राम्रो काइदा हो । स्कार्फले अनुहार र केस ढाकेपछि धुलो–धूँवाले सोझो आक्रमण गर्न पाउँदैन ।

३. घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । र, घर फर्किसकेपछि अनिवार्य रुपमा सफा पानीले मुख पखाल्नुपर्छ । यसले छालामा हानिकारक व्याक्टेरिया रहन पाउँदैन ।

४. सन ग्लासले पनि यतिबेला राम्रो सुरक्षा प्रदान गर्छ, आँखा र त्यस आसपासको भागलाई । सनग्लास र मास्क्स लगाएपछि अनुहारको धेरैजसो हिस्सा छोपिन्छ ।

५. पर्याप्त पानी पिउने गरौं, यसले छालालाई प्राकृतिक नरमपन दिलाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment