+
+
Shares

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १२ गते १६:०६

१२ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकामा उपचारका क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.नारायण पोखरेलले पुष्टि गरे ।

भीम अस्पतालमा भेन्टिलेटर जडान भएको तीन महिना पुगिसक्दा पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिरामी उपचारबाट बञ्चित भई मृत्युवरण गर्न वाध्य भएको भैरहवाका अगुवाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?