Comments Add Comment

दसैँ बिदापछि नेप्से ४१.२० अंकले बढ्यो

१२ कात्तिक, काठमाडौं । वाणिज्य बैंकको शेयर खरिद गर्न लगानीकर्ता उत्साहित हुँदा दसैँ बिदापछि पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७.४६ विन्दुमा पुगेर बन्द भयो ।

कारोबार अवधिभर एक सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको थियो ।

बुधबार बैंकिङ क्षेत्रको सूचक ५५.१५, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युचअल फण्ड ०.१३ तथा अन्य १४.५७ अंकले बढेको छ । व्यापार समूहको सूचक भने ८.८३ अंकले घटेको छ ।

बुधबार प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको थियो । प्राइम, नेपाल फाइनान्स, सिटिजन्स बैंक, प्रभु बैंक र सनराइज बैंकका लगानीकर्ताले बजारबाट बुधबार उच्च नाफा आर्जन गरे भने पञ्चकन्या माई, रिडी, माउन्टेन, नेशनल र दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले भने नोक्सान ब्यहोरे ।

बुधबार ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भयो, यस्तै लगानीकर्ताको दोस्रो धेरै अकर्षण प्राइम कमर्सियल बैंकको सेयरमा देखिएको थियो । १७ करोड रुपैयाँ भन्दा बढीको उक्त बैंकको सेयर बुधबार कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment