+
+

ट्राफिकलाई घुस दिन खोज्ने ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १२ गते १८:०९

१२ कात्तिक, काठमाडौं । दसैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन ।

उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३ हजार रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?