+
+
Shares

कलाकार मालवीमाथि निर्माताले विच सडकमै गरे चक्कु प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १२ गते १८:१२

टेलिभिजनको दुनियाँमा आफ्नो नाम चम्काउँदै गरेकी कलाकार मालवी मल्होत्रामाथि चक्कु प्रहार गरिएको छ । गम्भिर अवस्थामा उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । उनको हाल, कोकिलावेन अस्पतालमा उपचार भैरहेको छ ।

आफूलाई निर्माता बताउने योगेश महिपाल सिंह नाम गरेका व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए । मालवी र योगेशको मित्रता सामाजिक संजाल फेसबुकबाट भएको थियो । एकहोरो प्रेमका कारण योगेशले मालवीमाथि चक्कु प्रहार गरेको आशंका प्रहरीले गरेको छ । योगेशले मालवीको घर अगाडि उनलाई सडकमा रोकेर ४ पटकसम्म चक्कु प्रहार गरेका थिए ।

मालवीको उजुरीपछि प्रहरीले योगेशको विरुद्धमा हत्याको प्रयासको उजुरी दर्ता गरेको छ । प्रहरीले मालवीमाथि चक्कु प्रहार गरेको आरोप लागेका योगेशलाई पक्राउ गरेको छ । उनी घाइते अवस्थामा भेटिएकाले उनको उपचार भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सोमबार राती योगेशले आफ्नो पेट र हातमा चक्कु प्रहार गरेको मालवीको आरोप छ ।

यसैविच, नायिका कंगना रनोटले मालवीमाथि भएको चक्कु प्रहारको विरोध गर्दै उनका लागि प्रार्थना गरेको उल्लेख गरेकी छिन् । कंगनाले बलिउड पृष्ठभूमीबाट नआएका कलाकारमा यस्तो हमला हुने भन्दै यसको विरोध गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?