+
+
Shares

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १४:०९

१३ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक विदा दिने जनाएको थियो ।

प्रदेश सरकारले २०७७ सालमा यो बिदासहित नेपाल सरकारले तोकेको बिदा दिनबाहेक थप ६ दिन बिदा दिने सूची बनाएको छ ।

साउन १९ गते रक्षा बन्धन, साउन २७ गते कृष्णाजन्मष्टमी, कात्तिक १४ गते पैगम्बर महम्मदको जन्म दिन, पुस ४ गते विवाहपञ्चमी, माघ ५ गते मधेस आन्दोलन स्मृति दिवस र चैत १७ गते होली पर्वको बिदा प्रदेश सरकारले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?