News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
- कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित चार मन्त्रालयका प्रतिनिधि रहने निर्णय सचिवहरूको बैठकले गरेको छ।
- उक्त कार्यदलले १५ दिनभित्र सार्वजनिक बिदाबारे अध्ययन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ।
४ साउन, काठमाडौं । सरकार सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो ।
उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4