Comments Add Comment

चेन्नाईको जितपछि मुम्बई आईपीएलको प्लेअफमा

१४ कात्तिक, काठमाडौं । अंक तालिकाको पुछारमा रहेको चेन्नाई सुपर किंग्सले बिहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ ।

१२ म्याचमा ८ जित निकालेर १६ अंक जोडेको मुम्बई यो सिजनको प्लेअफ पुग्ने पहिलो टोली हो । दोहोरो राउन्ड रोविनमा खेलाइएको आईपीएलको ८ मध्ये शीर्षस्थानको चार टीमले प्लेअफ खेल्न पाउँछन् ।

अ‌ंक तालिकाको पहिलो र दोस्रो स्थानका टोलीबीच क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । क्वालिफायर–१ मा पराजित टीमले तेस्रो र चौथो स्थानका टीमबीचको विजेतासँग क्वालिफायर–२ खेल्नेछ । क्वालिफायर–१ र क्वालिफायर–२ को विजेता फाइनल पुग्छन् ।

दुई–दुई म्याच खेल्न बाँकी छँदा रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो र दिल्ली क्यापिटल तेस्रो स्थानमा छन् । बैंग्लोर र दिल्लीको समान १४ अंक भए पनि नेट रन रेटमा दिल्ली पछि परेको हो ।

दुई म्याच खेल्न बाँकी रहेको किंग्स इलाभेन पञ्जाब १२ अंकसहित चौथो स्थानमा छ । नेट रन रेटमा पछि परेको कोलकाताको  पनि १२ अंक छ भने उसको एउटा मात्रै म्याच बाँकी छ ।

क्रमशः छैठौं, सातौं र आठौं स्थानका सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नाईको समान १०÷१० अंक छ । हैदरावाद र राजस्थानले दुई–दुई र चेन्नाईले लिग चरणको एक म्याच खेल्न बाँकी छ ।

शुक्रबार पञ्जाब र राजस्थान भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment