Comments Add Comment

संगीताको ‘आइसक्रिम’ अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट

निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’को छनोटमा परेको छ । यो महोत्सवमा संगीताको चलचित्र नोभेम्बर ३ मा प्रदर्शन हुँदैछ । यो महोत्सव नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोनाका कारण भर्चुअल रुपमा आयोजना हुन लागेको महोत्सवको पहिलो दिन नै यो चलचित्रको प्रदर्शन हुने निर्देशक श्रेष्ठको भनाई छ । यो लघु चलचित्रले बाल यौन शोषणको कथा भन्छ ।

संगीताले आफूले उठान गरेको बिषय संसारभर पुग्न लागेकाले पनि आफू उत्साहित भएको बताइन् । यो चलचित्रले सडकमा पैसा माग्दै हिड्ने एक यूवतीको कथा भन्ने संगीताले बताइन् । समाजको अध्यारो पक्षलाई समेटेर आफूले लघु चलचित्र बनाएको संगीताको भनाई छ ।

श्रेष्ठका अनुसार, यो चलचित्र ‘बेष्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, यूकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२०’मा छनोट भैसकेको छ । ९ मिनेट लामो यो लघु चलचित्रमा योगिशा खत्रीले अभिनय गरेकी छिन् । संगीताले ‘कथा काठमाण्डु’ नामक चलचित्र पनि निर्देशन गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment