Comments Add Comment

सात वर्षमा सैन्य शक्ति अमेरिका बराबर बनाउने चीनको योजना

१४ कात्तिक, काठमाडौं । चीनले सन् २०२७ सम्ममा आफ्नो पिपुल्स लिबरेसन आर्मी (पीएलए) लाई आधुनिक सैन्य बलमा रुपान्तरण गर्ने घोषणा गरेको छ ।

उसले बाहिरी मुलुकबाट आउन सक्ने दबाबलाई रोक्नका लागि सैन्य बलको क्षमता र आधुनिकीकरण गर्ने योजना अगाडि सारेको बताएको छ । हालै बसेको चिनियाँ कम्युनिष्ट पार्टीको एक वैठकले सो योजना अनुमोदन गरेको छ ।

बैठकले अहिले विश्वका ठूला मुलुकहरुले विश्वव्यापी समस्याको सामना गरिरहेको अवस्थामा त्यसको फाइदा उठाउनुपर्ने निष्कर्ष निकालेको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चीनले सो योजना पारित गरेको हो ।

पछिल्लो अन्तर्राष्ट्रिय अनिश्चितता र जोखिम बढ्दो क्रममा रहेको अवस्थामा चीनले रणनीतिक योजनालाई निरन्तर अघि बढाउनुपर्ने बैठकको निष्कर्ष छ । यो बैठकमा १४ औं पञ्चवर्षीय योजना र सन् २०३५ सम्मको विकास लक्ष्यको विषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment