Comments Add Comment

स्ट्यान्डर्ड चार्टड बैंकले प्रस्ताव गर्‍यो ११.८४ प्रतिशत लाभांश

१४ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १३ गते बसेको ४०३ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ११.८४ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएको छ ।

घोषित लाभांशमध्ये ७ प्रतिशत बोनस र कर प्रयोजनसहित ४.८४ प्रतिशत नगद हुने बैंकले जारी गरेको सूचनामा भनिएको छ । बैंकले स्वीकृत गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बाषिर्क साधारण सभाले पारित गरेपछि सेयर धनीहरुलाई वितरण गरिनेछ ।

नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न ७० प्रतिशत बोनस र ३० प्रतिशत नगदको नीति ल्याएपछि स्टयान्डर्ड चार्टर्डले पनि सोही नीति अख्तियार गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत वर्ष बैंकले बोनस शेयर नदिएर २२.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै अघिल्लो वर्ष पनि बोनस नदिई १७.५० प्रतिशत नगद नै दिएको थियो ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ९८ करोड मुनाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment