+

दिल्लीमाथि मुम्बईको शानदार जित

२०७७ कात्तिक  १५ गते १९:०८ २०७७ कात्तिक १५ गते १९:०८
दिल्लीमाथि मुम्बईको शानदार जित

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

आईपीएल १३ मा मुम्बईको यो नवौं जित हो भने दिल्लीको छैटौं हार ।

बलिङमा उम्दा प्रर्दशन गर्दै दिल्लीलाई ११० रनमा समेटेको मुम्बईले ब्याटिङमा पजि शानदार खेल देखायो । १५औं ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि इशान किशनले नटआउट ७२ रन बनाए । उनले क्विन्टन डिककसँग मिलेर राम्रो सुरुवात गरेका थिए ।

पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेर डिकक व्यक्तिगत २६ रनमा आउट भए । तर इशानको शानदार प्रदर्शन कायमै रहृयो । ३७ बलमा अर्धशतक पुरा गरेका उनले १५औं ओभरको दोस्रो बलमा छक्का हानेर मुम्बईलाई जित दिलाए ।

यसअघि जसपि्रत बुमराह र ट्रेन्ट बोल्डको बलिङमा मुम्बई, दिल्लीमाथि हावी भएको थियो । टिल्लीको टिम इनिङभर रन जोड्न संघर्षरत रहे र २० ओभरमा ९ विकेट गुमाएर ११० रन जोड्न सक्यो । उसका कप्तान श्रेयस अथ्यरले २५ र ऋषभ पन्तले २१ रन बनाए ।

मुम्बईका लागि बुमराहले १७ रन दिएर ३ तथा बोल्टले २१ रन दिएर ३ विकेट लिएका थिए ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय