+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिए हरि खड्का

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते ७:०३

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान फुटबलर हरि खड्का हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को शोबाट बाहिरिएका छन् । बटम ३ मा दुई पटक परेका हरि यो साता भने बाहिरिएका हुन् । हरि खड्का र उनको कोरियोग्राफर पार्टनर यूमी बलामीले ६ वटा प्रस्तुती यो शोमा दिएका थिए ।

यो साता बटम ३ मा हरि खड्का र यूमी बलामी, प्रियना आचार्य र सुभम् भुजेल, प्रशान्त ताम्राकार र स्वेत्ना योञ्जन परेका थिए ।

शोबाट बाहिरिदै गर्दा हरि खड्काले भने–‘यो शोमा आउनु नै हामी विजेता हुनु हो । नाच्न नै नजानेको मानिस शोमा आएर प्रस्तुती दिन पाउँदा खुशी लागेको छ । विजेता त्यो हो जो हारबाट डराउँदैन ।’यस्तै, यो साताको पर्फमेन्स अफ दि विकको विजेता भने ज्योती मगर र लाउरे भएका छन् ।

हरि खड्का बाहिरिएसँगै अब शोमा ९ जना स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनर रहेका छन् । यो शो हिमालय टेलिभिजनबाट हरेक साताको शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै आएको छ । शोमा नायिका गौरी मल्ल, नायक दिलिप रायमाझी र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई निर्णायकको रुपमा छन् । निर्णायकको मत र दर्शकको भोटको आधारमा एक जना प्रतिस्पर्धीले मञ्च छाडेर विदा हुनुपर्ने शोको नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?