+
+
Shares

काठमाडौंमा नेविसंघको विरोध प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ कात्तिक १६ गते १६:३७

१६ कात्तिक, काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्‍याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको पनि दावी गरेको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?