Comments Add Comment

भान्सामा छ सौन्दर्यको १२ खजना

अनुहार एवं छालाको चमक कसरी बढाउने ? दागधब्बा कसरी हटाउने ? चाहुरीपन कसरी कम गर्ने ? आफ्नो सौन्दर्यलाई कसरी कायम राख्ने ? यसका लागि बजारमा उपलब्ध महंगा कस्मेटिक्स नै जरुरी छ भन्ने हुन्न । पार्लर धाउनेपर्छ भन्ने पनि छैन । हाम्रो घर–आँगन र भान्सामा यस्ता चिज छन्, जसले अनुहार एवं छालालाई मुलायम, चम्किलो र सफा बनाउन सहयोग गर्छ ।

१. टमाटर

एन्टीअक्सिडेन्टले भरपुर हुने कारण टमाटरले ब्लिच क्रिमको जस्तै काम गर्न सक्छ । यसको पेस्ट बनाएर १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् । त्यसपछि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक यस्तो गर्नाले तपाईंंको अनुहारबाट दागधब्बा गायब हुन्छ ।

२.दुध

दुध र बेसारलाई मिसाएर ५–१० मिनेटसम्मा अनुहारमा लगाउनुहोस् र फेरि पानीले यसलाई सफा गर्नुहोस् । यसले तपाईंलाई निख्रिएको र बेदाग छाला मिल्छ ।

३. गाँजर

गाँजरलाई सनाना टुक्रामा काटेर वा कोरेसोमा कोरेर पानीमा उमाल्नुहोस् । त्यसपछि यसलाई पिसेर अनुहारमा लगाउनुहोस् । १० मिनेट पछि पानीले यसलाई सफा गर्नुहोस् । दैनिक यसरी गाँजरको पेस्ट लगाउनाले अनुहारको चाँया, पोतो, डन्डीफोर, दागधब्बा जस्ता समस्याहरुबाट राहत पाउन सकिन्छ ।

४. सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रालाई सुकाएर पिस्नुहोस् र फेरि यसमा ग्लिसरिन मिसाएर अनुहारमा मसाज गर्नुहोस् । अब यसलाई १० मिनेटको लागि यस्तै छोडिदिनुहोस् । केही दिन सम्म यस्तो गर्नाले छालाको रुखोपना टाढा हुन्छ र अनुहार मुलायम र चम्किलो हुन्छ ।

५. आलु

आँखाको डार्क सर्कल वा डण्डीफोरको दागबाट छुटकारा पाउनको लागि आलुको बोक्रालाई त्यस हिस्सामा लगाउनुहोस् । आलु एक किसिमको प्राकृतिक ब्लिच हो जसले छालाको समस्यालाई समाधान गर्नुको साथसाथै अनुहारमा चमक पनि ल्याँउछ ।

६. बेसन

बेसन, बेसार र दही मिसाएर गर्धन र शरीरमा मसाज गर्नुहोस् र फेरि यसलाई सुक्न दिनुहोस् । १४–२० मिनेटसम्म लगाएर त्यसपछि नुहाउनुहोस् । सातामा एक पटक यस्तो गर्नाले गर्धनको कालोपना हराउँछ ।

७. मह र कागती

एक चम्चा महमा कागतीको रस मिसाएर अनुहारमा मालिस गर्नुहोस् फेरि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक यसो गर्नाले तपाईंको अनुहारको रुखोपना हट्छ र छाला मुलायम हुन्छ ।

८. दुध र गुलावजल

छालालाई स्वस्थ र चमकदार बनाउनको लागि कागतीको रसमा दुध र गुलाबजल मिसाएर दैनिक अनुहारमा लगाउनुहोस् ।

९. दही 

दैनिक २ चम्चा दही, २ वटा अण्डा र एउटा कागतीको र ५ थोपा मह मिसाएर प्याक बनाउनुहोस् अब यसलाई कपालमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । फेरि स्याम्पुले कपाललाई धुनुहोस् । यसले कपाल झर्ने समस्या टाढा हुन्छ र कपाल सिल्की हुन्छ ।

१०. पाकेको मेवा

पाकेको मेवाको बोक्रा उतारेर त्यसको गुदि अनुहारमा लगाउनुहोस् । यसले छालामा निखार आउँछ ।

११. चिनी

चिनीको थोरै मात्रामा जैतुनको तेल मिसाएर अनुहारमा लगाउनुहोस् र हल्का हातले कोतर्नुहोस् । यो यस्तो एक प्राकृतिक स्क्रब हो जसले छालाको डेड स्किन निकाल्न मद्धत गर्छ ।

१२. प्याजको रस

प्याजको रस लगाएर पनि तपाईंले आफ्नो अनुहारलाई चम्किलो र मुलायम बनाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment