Comments Add Comment

जाडो यामम जोर्नीको दुखाई र यसबाट छुटकारा पाउने विधी

खासगरी वयस्क वा बुढ्यौलीले छोप्दै लगेपछि सामान्य मौसमी परिवर्तनको असर शरीरमा देखिन्छ । जस्तो जाडो याम सुरु भएसँगै जोर्नी दुख्नु ।

चिसो बढेसँगै धेरैले भोगिरहेको समस्या हो यो । जति जति चिसो बढ्दै जान्छ, उत्तिनै जोर्नीको दुखाई पनि जटिल बन्छ । यसले गर्दा उनीहरुको दैनिक जीवन नै कष्टकर बनिरहेको हुन्छ । सामान्य हिँडडुल गर्न समेत समस्या भइरहेको हुन्छ ।

जाडो याममा जोर्नीको दुखाईबाट बच्न प्राकृतिक तौरतरिका अपनाउन सकिन्छ । प्राय एकै स्थानमा लामो समय नबस्ने, हिँडडुल गर्ने, शरीरको मसाज गर्ने, शरीरलाई न्यानो बनाउने, घाम वा आगो ताप्ने । त्यससँगै केही यस्ता प्राकृतिक विधी छन्, जसले जोर्नीको दुखाईमा राहत मिल्छ ।

– पानीमा एक मुठ्ठी जिरा र एक चम्चा नून हालेर उमाल्ने । त्यसलाई कपडामा निचोरेर सेक्ने गर्नुपर्छ ।

-तोरीको लेप लगाउँदा पनि यस प्रकारको दुखाईमा राहत मिल्छ ।

-जिरालाई पानीमा हालेर उमाल्ने र दुखेको ठाउँमा सो पानीको वाफ लिनुपर्छ ।

-दुई केस्रा लसुन कटेर तिलको तेलमा तताउने र यसले जोर्नीमा मालिस गरौं । धेरै फाइदा मिल्नेछ ।

– दुखाई धेरै भए कपडालाई तातो बनाएर जोर्नीमा सेक्नुपर्छ । तत्कालै आराम महसुस गर्न सकिनेछ ।

– लसुन पिसेर लगाउँदा शरीरका हरेक अंगको दुखाई कम हुन्छ । तर, धेरै बेरसम्म भने लगाउनु हँुदैन ।

-तातो तेलमा जिरा र लसुन डढाएर त्यसले मालिस गर्दा हरेक प्रकारका दुखाईबाट छुटकारा मिल्छ ।

-भिनेगर र जैतुनको तेल मिलाएर मालिस गर्दा फाइदा हुन्छ ।

– कपडामा ४–५ कागतिको टुक्रा बाँधेर तातो तिलको तेलमा केही बेर डुबाउने र त्यसलाई घुँडामा लगाउनुपर्छ ।

-तोरीलाई पिसेर घुँडामा त्यसको लेप लगाउने, तुरुन्तै राहत मिल्नेछ ।

-मनतातो पानीमा सिधे नून हालेर त्यसले नुहाउनुपर्छ ।

-दालचिनी पाउडर र मह मिलाएर लेदो बनाउने र यसले जोर्नीमा मालिस गरौं ।

-जोर्नीको दुखाईमा निमको तेलको मालिस पनि लाभदायक हुन्छ ।

-लसुनका दुई कल्ली कुटेर तिलको तेलमा हाल्ने र त्यसले जोर्नीमा मालिस गरौं ।

– तोरीको तेलमा जिरा र लसुन तताएर दुखेको ठाउँमा मालिस गरौं ।

-अम्बाको पत्ता पिसेर दुखाई भएको ठाउँमा लगाउनुपर्छ । अम्बाको पत्तालाई पानीमा उमालेर यो पानीले सेक्दा पनि फाइदा मिल्छ ।

– शिशाको बोतलमा आधा लीटर तिलको तेल र १० ग्राम कपूर मिलाएर घाममा राख्ने । जब यिनीहरु राम्ररी घुल्छन्, यस तेलले जोर्नीमा मालिस गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment