Comments Add Comment

चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु

१७ कात्तिक, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका दुई जना पुरुष र पूर्वी नवलपरासी देवचुली नगरपालिकाका एक पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालकाे काेभिड आईसीयू कक्षमा उपचारको क्रममा उनीहरुको मृत्यु भएकाे अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा एकजना भरतपुर- ४ निवासी ६३ वर्षीय पुरुष रहेका छन् । उनी कात्तिक १२ गते अस्पतालको कोभिड आईसीयूमा भर्ना भएका थिए भने १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका समेत बिरामी रहेका उनको आइतबार राति ९:१५ मा मृत्यु भएको हो ।

यस्तै मृत्यु हुने अर्को पुरूष भरतपुर-३ का ५३ वर्षीय पुरूष हुन् । उनमा १३ गते कोरोना पुष्टि भएको थियो । आइतबार मात्रै अस्पताल भर्ना भएका उनी अस्पताल भर्ना भएको आधा घण्टामै राति ९ : ४३ मा मृत्य भएको डा. लम्सालले बताए ।

यसैगरी, मृत्यु हुनेमा अर्का पुरूष नवलपुर देवचुली-११ का ८० वर्षीय पुरुष रहेका छन् । आइतबार अस्पताल भर्ना भएका उनमा १४ गते कोरोना देखिएको थियो । उनको आइतबार राति ११ : २६ बजे मृत्यु भएको डा. लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment