+
+
Shares

दुर्घटनामा घाइते व्यवसायीको हेलिकोप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १२:२९

१८ कात्तिक, काठमाडौं । उद्योगीद्वय किशोर आचार्य र चक्र अधिकारी सवारी दुर्घटनामा परी घाइते भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिरमा हुने चुनावको प्रचारप्रसारका लागि पाल्पा जाँदै गरेका व्यवसायीद्वय आचार्य र अधिकारी पाल्पामा सवारी दुर्घटनामा परेका थिए ।

मंगलबार विहान दुर्घटनामा परी घाइते भएका उनीहरुमध्ये अधिकारीलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइसकिएको महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार अधिकारीलाई हृयाम्स अस्पताल भर्ना गरिएको छ ।

आचार्यको उद्धारका लागि पनि काठमाडौंबाट हेलिकोप्टर पठाइएको उपाध्यक्ष ढकालले जानकारी दिए । ‘एउटै हेलिकोप्टरमा ल्याउन मिलेन, किशोर जीलाई लिन अर्को हेलिकप्टर पठाइएको छ’ ढकालले अनलाइनखबरसँग भने, ‘म अहिले हृयाम्स अस्पतालमै छु, चक्रजीको पनि स्वास्थ्यमा सुधार हुँदैछ ।’

घाइते भएका आचार्य महासंघका केन्द्रीय सदस्य हुन् भने अधिकारी कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?