Comments Add Comment

लकडाउनपछि धर्ममा झन् धेरै ध्यान गयोः नीता ढुंगाना

नायिका नीता ढुंगानाले सार्वजनिक गरेको ‘गणेश भजन’ चर्चामा रह्यो । यसपछि, उनले वेव सिरिज ‘श्रीमद्भगवत गीता’ बनाउने तयारी पनि गरेकी छिन् ।

नीता पछिल्लो केही महिनायता धर्मकर्ममा बढी केन्द्रित छिने । मन्दिरमा जाने, ध्यान गर्ने, पूजा गर्ने क्रम उनको बढेको छ । यो बिषयमा नीता भन्छिन्–‘पक्कै पनि म अहिले धार्मिक भएकी छु । हुनत, पहिले पनि म ब्रत बस्नेत, पुजा गर्ने त गर्थेँ । तर, लकडाउनले मलाई धेरै कुरा सिकायो । धार्मिक कुरामा केन्द्रित हुँदा मन शान्त हुने, एकाग्र हुने र मन खुशी भएपछि सोचेका कामहरु प्नि पुरा हुने रहेछन् ।’

नीताले आफूले जीवनमा विभिन्न खालका समस्याहरु भोगेको पनि बताइन् । भनिन्–‘जीवनमा धेरै समस्याहरु आएँ । यसले समस्या पनि उत्पन्न गराएको थियो । तर, लकडाउनका कारण धेरै कुरा दिमागमा खेल्दा झनै समस्या भयो । मैले आफूलाई अध्यात्म र धर्ममा केन्द्रित गरेपछि अहिले शान्त भएकी छु ।’

नीताले आफूले बनाउने चलचित्र, वेव सिरिज र गीतसंगीत पनि अब धर्मसँग जोडिने बताइन् । भनिन्–‘अरुले बनाउने चलचित्रमा त काम गरिहाल्न पर्यो । तर, मैले आफै मेकिङ गर्ने चलचित्रको कथा धर्मसँग जोडिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment