
१८ कात्तिक, काठमाडौं । चाइना साउदर्नले नेपालसहित २१ मुलुकका लागि तेस्रो मुलुकबाट हुने उडान बन्द गरेको छ । ती मुलुकका लागि चीन ट्रान्जिट भएर तेस्रो मुलुकका लागि हुने उडान बन्द गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले मंगलबारबाटै लागू हुने गरी उडान रोकेको हो । कम्पनीको घोषणा यस्तो समय आएको छ, जुन बेला चीनको नागरिक उड्डयन प्राधिकरणले केही कम्पनीका उडानमा उडानमा रोक लगाएको छ ।
चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो समय यूरोपमा बढिरहेको कोरोना भाइरसको दोस्रो लहरले चीनमा संक्रमित भित्रिन सक्ने जोखिम निम्त्याएको छ ।
सोहीकारण चीनमा ट्रान्जिट हुने उडानहरुमा रोक लागेको हो । यसरी रोक लगाइएको मुलुकमा सार्क मुलुकका नेपाल, भारत र बंगलादेश छन् । अपि|mकी मुलुक घाना, इथियोपियासहित १० मुलुक र फिलिपिन्स तथा रुसका लागि चीनमा हुने ट्रान्जिट उडान समेत कम्पनीले रोकेको छ ।
यसअघि बंगलादेशको ढाका, टर्कीको इस्तानबुल र रुसको मस्कोबाट आएका जहाजमा कोरोना भाइरस पोजेटिभ संक्रमित भेटिएका थिए । त्यसो त चाइना साउदर्नले समेत जहाजमा कोरोना संक्रमित भेटिएपछि पटक पटक नियामक निकायबाट प्रतिवन्धको सामना गरेको थियो ।
अहिले चीन जान कोरोना परीक्षण नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । साथै एन्टीबडी परीक्षणको रिर्पोटसमेत अनिवार्य छ ।
प्रतिक्रिया 4