काठमाडौं । लिओनल मेस्सी ड्रेसिङ रुमको समस्या हुनसक्ने क्वेक सेनिटको दाबीलाई बार्सिलोनाका प्रशिक्षक रोनाल्डो कोमेनले खारेज गरेका छन् ।
क्लबका पूर्व प्रशिक्षक सेनिटले आफ्नो कार्यकालमा मेस्सीलाई प्रशिक्षक गर्न कठिन भएको भन्दै यस्तो बताएका थिए । तर यो सिजन बार्सिलोना छाड्न चाहेर पनि क्लबमै रहेका मेस्सी र नयाँ प्रशिक्षक कोमनबीच सम्बन्ध राम्रो देखिएको छ ।
‘मेरो लागि लिओ राम्रा खेलाडी हुन् र विश्वकै उत्कृष्ट’ च्याम्पियन्स लिगको पि्र म्याच कन्फ्रेन्समा कोमनले भने, ‘हरेक दिन उनमा महत्वकाक्षा र जित्ने मानसिकता पाउँछु । म हरेक साता उनीसँग मैदानभित्र र ड्रेसिङ रुमको कुरा गर्छु ।’
प्रशिक्षक कोमनले अघि भनेका छन्, ‘म त्यस -सेनिटको दाबी) सँग सहमत छैन तर सेनिटलाई सम्मान गर्छु । यदि उनले त्यस्तो सोच्छन् भने उनको लागि होला ।’
बार्सिलोनाले स्पेनिस ला लिगामा पछिल्लो चार खेलमा जित हात पार्न सकेको छैन, तर च्याम्पियन्स लिगको समूह चरणमा दुबै खेल जितेर सहज अवस्थामा छ । ‘चार खेलमा २ अंक पाउनु राम्रो होइन । आलोचना हुनु स्वभाविक हो’ प्रशिक्षक कोमनले भने, म यसलाई स्वीकार गर्छु र सुधारका लागि काम गरिरहेको छु ।’
उनले टिममा एक फर्वाढ कम भएको समेत दोहोर्याए । लुइस स्वरेज एथ्लेटिको मडि्रड गएदेखि उनले यो भन्दै आएका कोमनले भने, ‘जनवरीमा यो महत्वपूर्ण हुनेछ । तर म क्लबलाई दबाब दिन्नँ किनकी क्लबको आर्थिक अवस्था थाहा छ ।’
 
                    










 २०७७ कात्तिक  १८ गते २०:५१
                        २०७७ कात्तिक  १८ गते २०:५१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4