Comments Add Comment

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

१९ कात्तिक, काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।

रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन । साथै उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन ।

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

नेपाल–भारत सीमा विवादको बेला गोस्वामीले कांग्रेस नेता मिनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा खुबै भाइरल भएको थियो । गोस्वामीको अस्वाभाविक प्रस्तुतीको विरोध गर्दै र नक्सा प्रकरणमा सरकारको समर्थन गर्दै रिजालले कडा शव्दमा जवाफ फर्काएका थिए ।

यो पनि पढ्नुहोस अति भो भारतीय मिडियाको हर्कत !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment