+
+
Shares

हामी यो निर्वाचन जित्ने दिशामा छौँ : बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते ११:५५

१९ कात्तिक, काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले आफूहरु यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको बताएका छन् ।

बुधबार उनले डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा सबैलाई धैर्य राख्न आग्रह गरेका हुन् । उनले अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान (नेपाली समय अनुसार बुधबार बेलुका)सम्ममा आगामी कार्यकालको राष्ट्रपतिको छिनोफानो हुने बताए । उनले अहिलेसम्म प्राप्त नतिजाबाट आफू खुसी रहेको बताएका छन् ।

उनले अझै अन्तिम मत गन्दासम्म पनि निर्वाचन नसकिने बताएका छन् । उनले अहिले नै आफूले र डोनाल्ड ट्रम्प कसैले पनि कसले जित्यो भनेर घोषणा गर्न नसक्ने बताएका छन् । उनले कसले जित्यो भनेर तय गर्ने अधिकार अमेरिकी जनतामा रहेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?