Comments Add Comment

जन्मदिनमा आकाश भन्छन्–‘म सिक्दैछु’

दाङको तुलसीपुरमा जन्मिएका नेपाली चलचित्रका नायक आकाश श्रेष्ठ आज आफ्नो जन्मदिन मनाउँदैछन् । नेपाली चलचित्र ‘म त तिम्रै हुँ’बाट रंगिन दुनियाँमा प्रवेश गरेका आकाशको करिअरको दौड भने चलचित्र ‘रामकहानी’मा काम गरेपछि सुरु भएको थियो ।

नायिका पूजा शर्मासँग जोडिएपछि आकाशको करिअर परिवर्तन भयो । आज आकाशको हातमा चलचित्र र म्यूजिक भिडियोको कुनै अभाव छैन ।

जन्मदिनको अवसरमा अनलाइनखबरसँग कुरा गर्दै नायक श्रेष्ठ आफूले अझै करिअरमा धेरै कुरा सिक्न बाँकी रहेको बताए । उनले फ्यानले दिएको अथाहा प्रेमको बारेमा भने–‘मैले करिअरमा यो उपलब्धी पाउँछु भनेर सोचेको थिइनँ । जुन तरिकाले फ्यानले मलाई माया दिनुभएको छ, कहिलेकाही यो कुराले म आफै आश्चर्यमा पर्छु ।’

नायिका पूजा शर्मासँग सहकार्य भएपछि आफ्नो करिअर बदलिएको आकाश स्विकार गर्छन् । आकाश भन्छन्–‘हाम्रो टिमअपलाई दर्शकले मन पराउनुभएको हो । सायद, हामीले एक्लै काम गरेको भए यो खालको माया नपाउन पनि सक्थ्यौ । यसैले, यो टिमवर्क हो ।’

आकाशको जन्मदिनको अवसर पारेर उनको फ्यान क्लबले आज काठमाण्डौमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment