Comments Add Comment

उपन्यासकार गगनसिंह थापाको निधन

१९ कात्तिक, काठमाडौं । उपन्यासकार गगनसिंह थापाको निधन भएको छ । बुधबार बिहान १.५० बजे ७३ बर्षको उमेरमा उनको निधन भएको हो ।

लामो समयदेखि लिभर सिरोसिसबाट पीडित थापाको सोह्र सौगात (२०३५), कर्णालीको छेउछाउ (२०७०), पू्र्खाको चिट्ठी (२०७२), मेरो मधुशाला (२०७४), उज्ज्वली (२०७६) र महाप्रलय (२०७७) प्रकाशित छन् ।

कर्णाली र सुदूर पश्चिम क्षेत्रको भाषा , सभ्यता र संस्कृतिमाथि कलम चलाउने थापाले साहित्यका साथै शैक्षिक र सामाजिक सेवाका काममा आफूलाई होमेका थिए ।

पारिवारिक स्रोतको अनुसार थापाको अन्तिम संस्कार बिहीबार टीकापुरको कर्णाली नदीमा गरिने छ । उपन्यासकार थापाका कवि हिक्मत थापासहित तीन छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment