+
+
Shares

२ अंकले घट्यो नेप्से परिसूचक, यि हुन् धेरै गुमाउने ५ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १६:१८

१९ कात्तिक, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २ दशमलव ३९ अंकले ओरालो लागे नेप्से परिसूचक १६४० दशमलव ६५ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ११ अंकले ओरालो लागेको छ । कारोबार रकम भने १ अर्ब ७५ करोबार भन्दा धेरै देखिएको छ । दिनभर भएका २४ हजार ८२ कारोबारबाट २०२ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यि हुन् धेरै गुमाउने कम्पनी

बुधबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रोपावर कम्पनी देखिएको छ । यसको सेयर मूल्य ९ रुपैयाँले घटेको छ । यसैगरी दोस्रो नम्बरमा कामना सेवा विकास बैंक र तेस्रो नम्बरमा समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

धेरै गुमाउनेहरुको चौथो नम्बरमा राष्ट्रिय बीमा कम्पनी र पाँचौ नम्बरमा नेपाल फाइनान्स क्मनीका लगानीकर्ताहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?