Comments Add Comment

बाइडनले पाए अमेरिकाको इतिहासमा सबैभन्दा धेरै भोट

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्म अमेरिकाको निर्वाचनमा कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको भन्दा धेरै भोट पाएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसकेका छन् । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राखेका थिए । उनले ६ करोड ९४ लाख ९८ हजारभन्दा धेरै मत ल्याएका थिए । उनकै पालाका उपराष्ट्रपति बाइडनले अहिले ओबामाको कीर्तिमान तोडेका हुन् ।

अहिलेसम्मको मतगणना सकिँदा बाइडनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भन्दा धेरै भोट पाइसकेका छन् । ट्रम्पले अहिलेसम्म  ६ करोड ८३ लाख १५ हजारभन्दा धेरै मत पाएका छन् । अझै मतगणना सकिएको छैन । अझै लाखौं मत गन्न बाँकी रहेकाले दुवै उम्मेदवारले सन् २००८ मा ओबामाले राखेको कीर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ ।

यसपटकको निर्वाचनमा धेरै मानिसहरुले विभिन्न माध्यमबाट सहभागिता जनाएको कारण दुवै उम्मेदवारले उल्लेख्य मत पाएका हुन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलेभन्दा करिब ३० लाख बढी मत पाएकी थिइन् । तर, निर्वाचनमा भने उनी पराजित भएकी थिइन् ।

स्रोत : सीबीसीन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment