+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

देहरादुनमा कुटिएका ३९ विद्यार्थी काठमाडौं आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १५:०४
शाक्य एकेडेमी, देहरादुनमा नेपाली विद्यार्थी/फाइल फोटो

२० कात्तिक, काठमाडौं । दसैं टीकाका दिन भारतको देहरादुनमा निर्घात कुटिएका मध्ये ३९ विद्यार्थी काठमाडौं आइपुगेका छन् । उनीहरूलाई बिहीबार स्वयम्भुबाट अभिभावकको जिम्मा लगाइएको छ । फर्किनेहरूमा सिन्धुपाल्चोक, रामेछाप, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला लगायत १९ जिल्लाका विद्यार्थी छन् ।

दसैंका बेला घर फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले नेपाली विद्यार्थीमाथि कुटपीट गरेका थिए । नेपाली विद्यार्थी कुटिएको समाचार १२ कात्तिकमा अनलाइनखबरमा प्रकाशित भएपछि विभिन्न संघसंस्थाले विद्यार्थी फर्काउने चासो देखाएका थिए ।

लामाले फलामको रडले अन्दाधुन्द प्रहार गर्दा ५१ मध्ये ४२ विद्यार्थी घाइते भएका थिए । एकेडेमीका प्रिन्सिपल छिरिङ छोदेनले विद्यालयको तर्फबाट गल्ती भएको स्वीकार्दै दोषीलाई आवश्यक कारबाही गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।

अभिभावकले विद्यार्थी फर्काउन दवाव दिएपछि एकेडेमीले दुई जना स्टाफ सहित विद्यार्थीलाई नेपाल फर्काएका हुन् । कुटिएका मध्ये केही विद्यार्थी भने महेन्द्रनगर हुँदै यसअघि नै नेपाल फर्किसकेका छन् ।

अब पठाउँदैनौं : अभिभावक

शाक्य एकेडेमीमा अध्ययरत दुई छोराहरूलाई स्यम्भुबाट लिएर आएपछि सिन्धुपाल्चोकका ङिमा ग्याल्जेन शेर्पा दंग छन् । आफ्ना छोराहरू सहितका विद्यार्थीलाई नेपाल ल्याउन हारगुहार गरेका शेर्पाका अनुसार सबै अभिभावकले विद्यार्थी बुझेर लगिसकेका छन् ।

‘संघम शरणम् गच्छामी, बुद्धम् शरणम् गच्छामी र धम्मम् शरणम् गच्छामी’ भन्ने बुद्ध शिक्षा सिक्न पठाएका थियौं, सुरुमा राम्रै पनि थियो तर दसैंको दिन जुन घट्ना भयो त्यसले एकदमै दुःखी बनाएको छ’ शेर्पाले अनलाइनखबरसँग भने, ‘अब दुःखसुख गरेर यतै पढाउँछु, छोराहरूलाई पठाउँदिन ।’

आफूसँग कुरा भएका सबै अभिभावकले फेरी देहरादुन पढ्न नपठाउने बताएको शेर्पाको भनाइ छ ।

लुम्बिनीमा मंसिर पूर्णिमाका दिन लुम्बिनीमा हुने बौद्ध पूजाबाट गरिब तथा जेहेन्दार विद्यार्थी छानेर शाक्य एकेडेमीबाट आउने लामाहरूले पढाउन लाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?