Comments Add Comment

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : कसले माग्यो तपाईंको राजीनामा ?

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ ।

ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन ।

स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।

प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment