Comments Add Comment

न्यू नर्मलका साथ अगाडि बढ्न प्रोत्साहन गर्दै एनसेलको अभियान

कोरोना महामारीले देश आक्रान्त भईरेहको बेला असहज परिस्थितीलाई आत्मसाथ गर्दै न्यू नर्मल अथवा नव सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहन गर्न एनसेलले अभियान थालेको छ । कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले बुधबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जालका पेजबाट सार्वजनिक गर्दै अभियान थालनी गरेको हो ।

‘अनपज ’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि सधै सँगैं’ अनुरुप संचालन गरेको हो । यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात बन्दाबन्दीको अवस्था, असर र अहिलेको विशम परिस्थितीको बेलामा नव सामान्यीकरणका साथ कसरी अगाडि बढ्न सकिन्छ भनेर देखाइएको छ ।

यसै अभियानको पाटोको रुपमा नै एनसेलले दशै अगाडि मुभिङ अहेड वेबीनार सेरिज पनि संचालन गरेको थियो । यी वेवीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी बन्दाबन्दीले दिएका सिकाई तथा अनुभव, नव सामान्यीकरण तर्फको संक्रमणको समय र कोरोनाको संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर बहस भएको थियो ।

यो अभियानसँग सँगै एनसेलले पहिले बन्दाबन्दीको बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने संकेत गरेको छ । यस अघि नै एनसेलले ‘अघि बढौं’ भन्ने थिममा नारीका लागि विषेश सिम योजना ‘गो सिम’ ल्याईसकेको छ । बन्दाबन्दीका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।

एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनस लगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल ९ अर्ब ६४ करोड भन्दाबढी मुल्यको योगदान गरेको छ । एनसेलले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउन काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment