+
+

कांग्रेसबाट केसीको ठाउँमा मोहन पाण्डे सांसद बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १६:४१

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् ।

गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये पाँच जना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैठौं नम्बरमा थियो ।

पाण्डे को हुन् ?

कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।

केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने पक्का भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार संघीय संसद सचिवालयबाट स्थान रिक्त रहेको औपचारिक जानकारी आएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?