Comments Add Comment

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

२० कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ । सप्तरीका ४ जना, काठमाडौं र मोरङका ३/३ जना, सुनसरी र पाल्पाका २/२ जना, सिराहा, ललितपुर, काभ्रे, दोलखा, भक्तपुर, सिन्धुली, मकवानपुर र कैलालीका १/१ जनाको मृत्यु भएको छ ।

  • मोरङका ५९ वर्षका पुरुषको बिहीबार विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक ९ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • विराटनगर महानगरपालिका– ८ मोरङका ७० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएको उनको सोही दिन साँझ ९ बजे मृत्यु भएको हो । उनी मुटुका रोगी थिए ।
  • जहदा गाउँपालिका–३ मोरङका ५५ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजे विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका उनी मृगौला र मधुमेहका बिरामी थिए ।
  • इटहरी उपमहानगरपालिका –१८ सुनसरीका ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • इटहरी उपमहानगरपालिका–४ सुनसरीका ७१ वर्षीय पुरुषको न्युरो अस्पतालमा बिहीबार दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना भएका उनको सोही दिन संक्रमण पुष्टि भएको हो ।
  • राजविराज नगरपालिका–१ सप्तरीकी २३ वर्षकी महिलाको बिहीबार विहान ३ः १५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १८ गते संक्रमण पुष्टि भएपछि उनी १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • राजविराज नगरपालिका– ८ सप्तरीका ६५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार विहान ८ बजे मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • विष्णुपुर गाउँपालिका–२ सप्तरीकी २६ वर्षकी महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । पछिल्लो १० दिनयता धरानमै उपचाररत उनमा कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाको रोगी थिइन् ।
  • महादेवा गाउँपालिका–४ सप्तरीका ३० वर्षका युवकको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको छ । कात्तिक ७ गते नै मृत्यु भएका ती युवकको मृत्युपछि बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।
  • विष्णुपुर गाउँपालिका–१ सिराहाका ८४ वर्षका पुरुषको विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ । ज्वरो र सास फेर्न समस्या भएपछि उनलाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो । कात्तिक १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • जोरपाटी काठमाडौंका ६२ वर्षका पुरुषको बिहीबार मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनिया र सेप्सिस भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।
  • सोह्रखुट्टे काठमाडौंकी ८० वर्षकी महिलाको कात्तिक १९ गते मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनी निमोनिया, सेप्सिस र मिर्गौलाको समस्या भएपछि कात्तिक १८ गते अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सन्सको बिरामी थिइन् ।
  • काठमाडौंकी ७४ वर्षकी महिलाको बिहीबार मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • लुभु, ललितपुरका ५८ वर्षका पुरुषको कात्तिक १९ गते मृत्यु भएको छ । कात्तिक १६ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या थियो ।
  • काभ्रेपलाञ्चोकका ७० वर्षका पुरुषको बिहीबार मृत्यु भएको छ । कात्तिक १८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • दोलखाका ४७ वर्षका पुरुषको कात्तिक १९ गते मृत्यु भएको छ । स्वासप्रश्वास र मुटुको समस्या भई कात्तिक ४ गते अस्पताल भर्ना भएका उनलाई कात्तिक ६ गते संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरका ८० वर्षका पुरुषको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो ।
  • हेटौंडा उपमहानगरपालिका–६ मकवानपुरका ८२ वर्षका पुरुषको भरतपुर अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण भएका उनी ज्वरो, खोकी र स्वाशप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।
  • कमलामाइ नगरपालिका–५ सिन्धुलीका ४८ वर्षका पुरुषको बिहीबार सिन्धुली अस्पतालमा मृत्यु भएको छ । कात्तिक १६ गते काठमाडौंको केएमसी अस्पतालमा ल्याइएका उनमा १७ गते संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्न खर्च नभएपछि उनलाई सिन्धुली अस्पताल लगिएको थियो ।
  • तिनाउ गाउँपालिका–६ पाल्पाका ४४ वर्षका पुरुषको पाल्पाको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ । कात्तिक १८ गते भर्ना भएका उनको १९ गते मृत्यु भएको हो । उनको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
  • माथागढी गाउँपालिका–२ पाल्पाका ६६ वर्षका पुरुषको बिहीबार विहान पाल्पाको मिसन अस्पतालमै मृत्यु भएको छ । कोरोना परीक्षणका लागि कात्तिक १८ गते स्वाब दिएका उनको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
  • धनगढी उपमहानगरपालिका–५ कैलालीका ९२ वर्षका पुरुषको बिहीबार विहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कडा कालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment