Comments Add Comment

स्वास्थ्यका कारण आगामी जनवरीमा पुटिनले दिन सक्छन् राजीनामा !

२१ कात्तिक, काठमाडौं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जनवरीमा पदबाट राजीनामा दिन सक्ने बेलायती सञ्चारमाध्यम द सनले उल्लेख गरेको छ । समाचारमा उल्लेख गरिएअनुसार उनको स्वास्थ्यमा देखिएको समस्याका कारण आगामी जनवरीबाट उनले राजीनामा दिने उनी निकट स्रोतले दाबी गरेको हो । ६८ वर्षीय पुटिनलाई पर्किन्सन नामक रोगसँग मिल्दो लक्षण देखिएसँगै उनले राजीनामाको तयारी गरेका हुन् ।

विश्लेषकहरुले उनको पछिल्लो फुटेज हेर्दा पनि उनको स्वास्थ्य अवस्था ठीक नभएको बताएका छन् । उनको हातखुट्टा कामिरहेको देखिएको छ । ‘उनको परिवार छ, जसको प्रभाव उनीमा छ । उनी आफ्नो शक्ति आगामी जनवरीमा जनतालाई सुम्पिने मनसायमा छन्’, मस्कोका राजनीति विज्ञानका प्राध्यापक भलेरी सोलोभेइले बताए ।

पुटिनकी लामो समयदेखिकी प्रेमिका र उनका दुई छोरीहरुको आग्रहको कारण उनले राजीनामा दिने तयारी गरिरहेको हुन सक्ने आकलन गरिएको छ । पुटिन पछिल्लो दुई दशकदेखि प्रधानमन्त्री वा राष्ट्रपतिको रुपमा रुसको सत्तामा छन् । हालै मात्र उनले संवैधानिक संशोधनको प्रस्ताव गरेका छन्, जसअनुसार उनी सन् २०३६ सम्म रुसको सत्तामा रहन सक्छन् । करिब ७८ प्रतिशत रुसी नागरिकले संवैधानिक संशोधनको पक्षमा मतदान गरेका छन् । यो संशोधनको प्रस्तावमा समलिङ्गी विवाहमा प्रतिबन्धको व्यवस्था पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment