+
+

कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १९:०१

२१ कात्तिक, काठमाडौं । कैलालीको टिकापुर नगरपालिका-१ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कैलालीको टिकापुर नगरपालिका–१ की ५६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक २० मा उनी शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । सोही दिन गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए ।

संक्रमण पुष्टि भएसँगै अक्सिजन सपोर्ट दिएर उनको उपचार थालिए पनि शुक्रबार दिउँसो २ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?