Comments Add Comment

कोरोना अरु ज्यानमारा बन्दै गएको हो ?

शोधकर्ताहरुले सुरुदेखि नै भन्दै आएक छन्, ‘कोराना भाइरसले मान्छेको शरीर भित्र प्रवेश गरेपछि पनि आफ्नो स्वरुप बद्ल्छ । यही कारण यो जटिल बन्ने खतरा छ ।’ कोरोना भाइरसको असर र लक्षण मान्छे अनुसार फरक फरक देखिएको छ । कसैलाई यसको सामान्य असर देखिएको छ भने कसैलाई निकै जटिल । जटिल मात्र होइन, कतिपयले ज्यान नै गुमाइरहेका छन् ।

कोरोना संक्रमण भएकाहरुले भनिरहेका छन्, ‘कोरोनालाई सामान्य नठानौं । यसले मृत्युको मुखमा धकेल्ने रहेछ ।’ समाजमा के धारणा पाइएको छ भने बुढापाका, रोगी, सुत्केरी, बालबच्चालाई मात्र कोरोनाको बढी असर छ । तर, कुनैपनि रोग नलागेका, दीर्घ रोगले नछोएका, तन्दुरुस्त, बलिया व्यक्तिहरुलाई पनि कोरोलाले आच्छु आच्छु पारिसकेको छ । कोरोना लागिसकेपछि उनीहरुले यसको जटिलता र आफ्नो डरलाग्दो भोगाइबारे सार्वजनिक गर्दै आएका छन् ।

पछिल्लो समय हास्य कलाकार मनोज गजुरेल कोरोनाको कारण अस्पताल भर्ना भएका छन् । उनमा कुनै दीर्घ रोग वा शारीरिक समस्या थिएन । बिहान साढे चार बजे उठ्ने, योग, ध्यान गर्ने । स्वस्थ्यकर खानेकुरा खाने, मदिरापान नगर्ने, सधै सक्रिय र सजग रहने गर्थे । कोरोना संक्रमण भएका सुरुका दिनहरुमा उनले खासै जटिलता अनुभव गरेनन् । तर, बिस्तारै कोरोनाले उनको शरीरलाई गलाउँदै लग्यो । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने भयो ।

चिकित्सकहरुले चेतावनी दिइरहेका छन्, जाडो याममा कोरोनाको स्थिती अरु भयावह हुनसक्छ । कोरोनाले अरु बढी सताउन सक्छ । कोरोना भइसकेकाहरुमा पनि छोटो अवधीका लागि मात्र एन्टिबडी बन्ने र पुन संक्रमण दोहोरिने प्रवृत्ति देखिएको छ । यसरी दोस्रो पटक कोरोना संक्रमण भएकाहरुको स्थिती अरु जटिल पनि बनिरहेको छ । विश्वका कतिपय मुलुकमा कोरोना दोस्रो चरणमा फैलिएको छ र त्यसले ठूलै आतंक मच्याइरहेको छ ।

केही अध्ययनमा पाइएको छ, कोरोना संक्रमणले दीर्घकालिन रुपमै अस्वस्थ्य बनाउने खतरा पनि छ । यसले खासगरी फोक्सो, कलेजो र मिर्गौलामा दीर्घकालिन असर गर्ने देखिएको छ । कोरोना संक्रमित भइसकेकाहरुको भित्री अंगहरुले पहिले जस्तो कार्य सम्पादन गर्न नसक्ने हो कि भन्ने शंसय पनि गरिदैछ । पछिल्लो केही घटनाहरुलाई नियाल्ने हो भने कोरोनाले मिर्गौला रोगीलाई बढी असर पु¥याएको देखिन्छ । यसले निरोगी व्यक्तिको पनि मिर्गौलामा असर गरिरहेको हुनसक्ने आशंका गर्न थालिएको छ ।

कोरोना संक्रमण भएकाहरु निको भइसकेपछि पनि कतिपयले फोक्सो, मुटु आदिको समस्या झेल्नुपरेको बताइरहेका छन् । भारतमा भएको एक अध्ययन अनुसार कोरोनाबाट निको भइसकेकाहरु पुन डिप्रेसनको स्थितीमा पुगेका छन् । यसरी डिप्रेसन हुनेहरुको संख्या करिब तीस प्रतिशत छ । कतिपयमा चिन्ता, तनाव, अनिद्रा, खानामा अरुची जस्ता समस्या देखिएका छन् । कोरोना संक्रमित भइसकेपछिको अवस्थामा उनीहरुलाई डिप्रेसन, पेनिक अट्याक र एन्जाइटीले घेरिरहेका छन् ।

विशेषज्ञहरुले कोरोनाको म्युटेशन अर्थात यसको बद्लिदो स्वरुप खतरनाक भएको बताइरहेका छन् । यही कारण कोरोना अरु तिब्र रुपमा बढ्ने जोखिम रहेको अनुमान गरिएको छ । अमेरिकामा भएको एक अध्ययन अनुसार पछिल्लो समय कोरोना १० गुणा खतरनाक भएको छ ।

कोरोना म्युटेशनमा पाइने डि ६१४जी स्ट्रेन सबैभन्दा पहिले युरोपमा फैलिएको थियो । युरोपपछि यो भाइरस अमेरिका र बाँकी एशियामा फैलियो । सुरुवातमा कोरोना भाइरसको डि स्ट्रेन बढी पाइएको थियो । तर, क्रमस डि६१४ जि फैलन थाल्यो, जुन खतरनाक छ ।

मिगौला बिग्रने जोखिम

कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका बिरामीहरुमा मिर्गौला खराब हुने जोखिम देखिएको छ । जर्नल अफ द अमेरिकन सोसाइटी अफ नेफ्रोलजीमा प्रकाशित एक सोध अनुसार कोरोना भाइरसले मन्छेको मिर्गौलालाई क्षति पु¥याउन सक्छ ।

कोरोनाको कारण संक्रमित व्यक्तिमा घुलनशील यूरोकैकेन रिसेप्टरको स्तर बढ्छ, जो एक प्रतिरक्ष ागर्ने प्रोटिन हो र यही नै मिर्गौला खराब हुने कारण बन्न सक्छ ।

अमेरिका मिशिनगन विश्वविद्यालयका शोध लेखक जोचन रेसरले भनेका छन्, यो रिसेप्टर एक यस्तो कारक हो, जो हजारौं रोगीको मिर्गौला खराब गर्ने कारक बन्न सक्छ । एचाआइभी र कोरोना भाइरसको कारण बन्ने भाइरस जस्ता आरुएनए भाइरसका कारण रगतमा यस रिसेप्टरको स्तर बढ्न सक्छ । अध्ययनको निचोडमा के भनिएको छ भने, कोरोना संक्रमितमध्ये एक  तिहाइ बढीलाई डायलसिसको जरुरी हुनसक्छ र त्यसमा मृत्युको जोखिम पनि उत्तिकै छ । रिसर्च टिमले ३ सय ५२ संक्रमितम यस रिसेप्टरको स्तर परिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment