Comments Add Comment

पलङमा लुकाएर राखेको पटाका बरामद, एकजना पक्राउ

२१ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा पटाकासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज– १७ अलौं बस्ने ३२ वर्षीय विनोद सहनीलाई पक्राउ गरेको हो ।

भारतबाट अवैध रुपमा विभिन्न किसिमको पटाका खरिद गरी लुकाएर राखेको सूचनाको आधारमा बिहीबार राति ११ बजे प्रहरीले सहनीको घरमा छापामारी गरेको थियो । त्यस क्रममा बक्स पलङभित्र लुकाएर राखेको अवस्थामा पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।

किङ कोब्रा ५० प्याकेट पटाका, मुर्गा छाप पटाका ७ प्याकेट, स्काई ह्विस्टल मुर्गा छाप ७ प्याकेट, चक्कर ब्रोन्ड २ प्याकेट, फ्लोर पोट्स ४ प्याकेट, सुपर टिट दुई प्याकेट, बुलेट मुर्गा छाप २ प्याकेट, फरमुला वेष्ट इभर ९ प्याकेट, क्रान कोड १ प्याकेट, ग्राउन्ड चक्कर ३ प्याकेट, अशोक फाइभ इन १ २ प्याकेट, रेड स्पार्कल्स छुरछुरी पटाका १० प्याकेट, फोर कलर छुरछुरी १४ प्याकेट, फायर वर्कस छुरछुरी, टिल टिल छुरछुरी १०/१० प्याकेट, वलम्पिक टोर्गेस २ प्याकेट, ह्विस्टिल ह्विल मुर्गा छाप, स्क्रिन स्पार्कल्स १/१ प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

सहनी विरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment