+
+
Shares

कविता : पर्खाइ

विनय सरगम विनय सरगम
२०७७ कात्तिक २२ गते ११:५९

पर्खनेहरूले गर्दा रहेछन्

सबैभन्दा धेरै माया…

 

एकाबिहानै

उज्यालोको मसिनो मोक्षहरू खोज्दै

तिमी त गैगयौ–

मैले तिमीलाई पर्खिएर

एक जुनी बाँचिदिएँ ।

 

घरको मिर्मिरे आँगनले– क्षितिजको घाम पर्खिएझैं

कुनामा थन्किएको सितारले– औंलाहरू पर्खिएझैं

पर्खिरहें, भोको शिशुले– आमा पर्खिएझैं

असारमा किसानले– वर्षाद पर्खिएझैं

पर्खिरहें

मैले एक जुनी बाँचिदिएँ ।

 

तिमी जानुअघि नै

मैले देखिसकेंको थिएँ

मसँग बिदा मागिरहेका

तिम्रा क्षमायाचनाका आखाँहरू

तिमीले नभने पनि

म सुन्न तयार थिएँ

तिम्रो गन्तव्यसम्मको पाइतालाको सर्सराहट

 

तिमी गएपछि–

मैले तिमीलाई टाढैबाट

नछोएर स्पर्श गरेरहेँ

तिम्रो चम्किलो आखाँहरूसँग, आँखा जुदाइरहें

तिम्रो कपालसँग, औंलाहरू जिस्काइरहें

तिम्रै यादको हत्केला समाएर

मैले एक जुनी बाँचिदिएँ

 

एका बिहानै

उज्यालोको मसिनो मोक्षहरू खोज्दै

तिमी त गैगयौ–

मैले तिमीलाई पर्खिएर

एक जुनी बाँचिदिएँ…

सिद्धार्थ !

पर्खनेहरूले गर्दा रहेछन्

सबैभन्दा धेरै माया ।

(इटहरि, २०७७)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?