Comments Add Comment

सचिवालय बैठकका लागि पाँच नेताले ओलीसँग मागे सहमति

२२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्रीसँग सहमति मागेका छन् ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका हुन् । ‘हामीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठकका लागि सहमतिका निम्ति आग्रह गरेका छौं’ भेटपछि नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन् ।

कोभिड-१९ को संक्रमण र त्यसले पैदा गरेको स्वास्थ्य तथा आर्थिक संकट, स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा र पार्टीमा उत्पन्न संकटबारे छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने पाँच नेताको धारणा छ ।

कार्यकारी अध्यक्ष् प्रचण्डले बारम्बार आग्रह गर्दा पनि बैठक हुन नसकेको भन्दै श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन । हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं, प्रवक्ता श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment